नियम
यस नियमावलीको व्याख्या
(१) कुनै अधिकारीले यस नियमावलीको कुनै नियम प्रयोग
गर्दा गरेको व्याख्याबाट कुनै कर्मचारीलाई मर्का परेमा निजले मन्त्रालय समक्ष निवेदन
दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको निवेदनको सम्बन्धमा मन्त्रालयले
गरेको व्याख्यालाई मन्त्रालय र मातहतका विभाग तथा कार्यालयहरूको जानकारी तथा
मार्गदर्शनको निमित्त पठाइनेछ ।